कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सांसदका प्रश्नको समयमै जवाफ दिन सरकारलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

सांसदका प्रश्नको समयमै जवाफ दिन सरकारलाई राष्ट्रिय सभाको रुलिङ

मंगलबारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकारका समयमा नागरिक सरोकारका विषय र समस्याका सम्बन्धमा विषयहरु उठान भएकाले सरकारका सम्बन्धित मन्त्रीहरुलाई जवाफ दिन ध्यानकर्षण गराएका हुन् ।

उनले सभाको नियमावलीमा सांसदहरुले उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले तोकिएको समयमा दिनुपर्ने व्यवस्था रहेको भएपनि प्रभावकारी हुन नसकेको बताए ।

'सभाको बैठकमा माननीय सदस्यहरुले आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकारका समयमा नागरिक सरोकारका विषय र समस्याका सम्बन्धमा विषयहरु उठान गर्ने र नेपाल सरकारका सम्बन्धित मन्त्रीहरुको जवाफ आउनुपर्ने विषय राखिरहनु भएको छ । सभाको नियमावलीमा यस्ता विषयको जवाफ सम्बन्धित मन्त्रीले तोकिएको समयमा दिनुपर्ने व्यवस्था समेत गरेको छ । सम्बन्धित मन्त्रीले जवाफ दिने तालिका समेत सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाएको छ । तर यस्ता जल्दाबल्दा विषयको तोकिएको समयमा सभामा उपस्थित भइ जवाफ दिने अभ्यास त्यति प्रभावकारी हुन सकेको छैन । म नेपाल सरकार र सम्बन्धित मन्त्रीहरुलाई सभामा उठेका विषयहरुको समयमै जानकारी लिइ तोकिएकै समयमा सभामा जवाफ दिनुहुन गम्भीर ध्यानाकर्षण गराउँछु’ अध्यक्ष दाहालले भने ।

प्रकाशित : असार ४, २०८१ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×