कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

धनगढीका विद्यालयमा फेरि ३ दिन बिदा

अर्जुन शाह

धनगढी — धनगढी उपमहानगपालिकाले शिक्षण संस्थाहरुमा पुनः ३ दिन गर्मी बिदा दिएको छ । यसअघि जेठ दोस्रो साता धनगढीले एक साता गर्मी बिदा दिएको थियो । 

धनगढीका विद्यालयमा फेरि ३ दिन बिदा

उपमहानगरले मंगलबार जारी गरेको सूचनाअनुसार असार ५ देखि ७ गतेसम्म बिदा दिइएको छ । ८ गते शनिबार छ । यसरी धनगढीका शिक्षण संस्थाहरु ४ दिन बन्द रहनेछन् । उपमहानगरले अहिलेको बिदालाई वर्षे बिदामा मिलान गरिने भनेको छ ।

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली वेसिन फिल्ड कार्यालयका अनुसार मंगलबार दिउँसो धनगढीको तापक्रम ४३.१ डिग्री सेल्सियस रहेको छ ।

धनगढीमा यस वर्ष २९ वर्षपछिकै अत्यधिक गर्मी मापन भएको छ । धनगढीमा जेठ १७ गतेको तापक्रम २९ वर्षपछिकै उच्च भएको मापन भएको थियो । त्यस दिनको तापक्रम ४४.१ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली वेसिन फिल्ड कार्यालयले जनाएको थियो ।

सन् १९९५ को जून १६ तारिखमा धनगढीको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन भएको थियो । त्यसपछि यही वर्ष गर्मी बढेको हो ।


प्रकाशित : असार ४, २०८१ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×