कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

महाकाली र चमेलिया नदीको दोभानमा महिलाको शव फेला 

मनोज बडू

दार्चुला — सीमा नदी महाकाली र चमेलियाको दोभानमा महिलाको शव फेला परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटियामा सोमबार बिहान दार्चुलाकी महिलाको शव फेला परेको बैतडी प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको लेकम गाउँपालिका–४ दमसैनाकी २२ वर्षीया हेमन्ती गिरीको शव नदीको दोभानमा फेला परेको हो ।

हेमन्ती असार ८ गतेदेखि हराएकी खबर प्राप्त भएको बैतडी प्रहरीको प्रवक्ता बलराम पाण्डेले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १०, २०८१ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

‘नैतिक चरित्र’ मा गम्भीर प्रश्न उठेका निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानलाई अब संसदीय सुनुवाइ समितिले के गर्नुपर्छ ?

×