कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

२० समस्याग्रस्त सहकारीका पदाधिकारीले संसदीय छानबिन विशेष समितिलाई बुझाए प्रतिवदेन

समितिले सहकारीमन्त्री बलराम अधिकारीसहितसँग गर्‍यो छलफल

काठमाडौँ — सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिलाई समस्याग्रस्त २० वटा सहकारीका अध्यक्ष र पदाधिकारीहरुले लिखित प्रतिवेदन बुझाएका छन् । उनीहरुले बुझाएका प्रतिवेदनलाई आधार मानेर समितिले मंगलबारबाट छलफल थालेको छ । मंगलबार समितिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीसँग छलफल गर्‍यो ।  

२० समस्याग्रस्त सहकारीका पदाधिकारीले संसदीय छानबिन विशेष समितिलाई बुझाए प्रतिवदेन

मंगलबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्वद्ध निकायसँग प्रारम्भिक छलफल गरेको हो ।

सम्बन्धित मन्त्री र सम्बद्ध सबै निकायका पदाधिकारीसँग छलफल गरिएको र सहकारीको बचत रकम दुरुपयोगसम्बन्धि छानबिनका लागि महत्वपूर्ण जानकारी प्राप्त भएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

बैठकमा समस्याग्रस्त २० वटा सहकारी संस्थाका पदाधिकारीहरुले सो सम्बन्धमा लिखित जानकारी गराएका थिए । सोही जानकारीको आधारमा अब आफ्नो कामलाई तीब्रता दिने विशेष समितिले जनाएको छ ।

‘आजको बैठकमा हामीले सहकारी मन्त्रालय, विभाग, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, बोर्डबाट माननीय मन्त्रीज्यु, सचिवज्युसहितका पदाधिकारीहरुलाई आमन्त्रित गरेर छलफल गरेका छौं । २० वटा समस्याग्रस्त सहकारीहरुको सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्य सचिवले लिखित रुपमा प्रतिवेदन दिनुभएको छ । बाँकी हामीले काम गरिरहेको अनुसूची १ र २ का गरी २९ वटा सहकारीको सन्दर्भमा सहकारी विभागको तर्फबाट हामीलाई जानकारी गराउने काम पनि भएको छ' सभापति थापाले भने ।

कानुनको छिद्र कहाँ रह्यो ? यसमा टेकेर फाईदा उठाउँदै बचतकर्ताको बचत दुरुपयोग गर्ने, ठगी गर्ने, अपचलन गर्ने जुन समस्याहरु देखा परे भन्ने विषयमा छलफल भएको थापाले जानकारी दिए ।'नियामक निकायहरुले के, कसो गर्दै आएका छन्, कानुनका समस्याहरु कहाँ देखापरेका छन्, नियामक निकायहरुको संरचनाको सर्न्दभमा के समस्याहरु रहृयो ? यी बारेमा पनि उहाँको कुरा सुन्यौं । आजको हाम्रो मुख्य काम सहकारी मन्त्रालय हुँदै सबै सम्बद्ध निकायका पदाधिकारीहरुका कुरा सुनेर विश्लेषण गर्ने काममा नै हामी केन्द्रित रहेका छौं । हामीले यो छलफलको क्रम अझै बढाउनेछौं ’ थापाले भने ।


प्रकाशित : असार ४, २०८१ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×