कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

२० शिक्षकलाई 'जागिर' भन्दा राजनीतिक दल प्यारो

काठमाडौँ — शिक्षा मन्त्रालयले राजनीतिक दलको सदस्यता त्याग गर्न निर्देशन दिएपछि २० जनाले बरु शिक्षक पद नै त्यागेर राजनीतिमा लागेका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरुलाई दलको आबद्धता छाड्न देशभर सर्कुलर गरेकी थिईन् । ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेकोमा २० जनाले शिक्षकबाट राजीनामा दिएर राजनीतिमा लागेको शिक्षा मन्त्रालयले जनाएको छ ।

२० शिक्षकलाई 'जागिर' भन्दा राजनीतिक दल प्यारो

‘राजनीतिमा लागेर शिक्षणलाई सहायक पेशा बनाएका शिक्षकहरुले राजीनामा दिएका हुन्,’ शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्माले भने, ‘राजीनामा दिनेमा पार्टीको कार्यकारी भूमिका बसेका शिक्षकहरु छन् ।’

सरकारले नीति तथा कार्यक्रममा पनि शिक्षकलाई दलीय आबद्धता मुक्त गराउने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने घोषणा गरेको थियो ।

शिक्षामन्त्री श्रेष्ठले कार्यकालको एक सय दिनको कार्य विवरण सार्वजनिक गर्दै शिक्षकहरुलाई राजनीतिबाट निरुत्साहित गर्न आफ्नो प्राथमिकता रहेको प्रतिबद्धता दोहोर्‍याईन् । उनले शिक्षामा दलीय राजनीतिकरण हुन नहुने विषयमा अन्तिम साससम्म नछाड्ने एजेन्डा आफ्नो रहने सुनाईन् । राजनीतिमा आबद्ध भएका ४५ शिक्षक विरुद्ध उजुरी प्राप्त भएको र ती मध्ये ४१ जना सँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाई पाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असार ४, २०८१ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×