कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

उपमेयर चौधरीद्वारा शवदाह गृह बनाउन जग्गादान

शिव पुरी

रौतहट — रौतहटको गरुडा नगरपालिकाकी उपमेयर पुनम चौधरीले दिवंगत श्रीमान्‌को नाममा शवदाह गृह निर्माणका लागि जग्गा दान गरेकी छिन् । उनका श्रीमान् सञ्चारकर्मी थिए । दुई वर्षअघि कोभिड लागेर श्रीमान्‌को मृत्यु भएको थियो ।

उपमेयर चौधरीद्वारा शवदाह गृह बनाउन जग्गादान

गरुडा ४ स्थित चाँदी खोला किनारमा स्थानीय सञ्चारकर्मी स्वर्गीय मनोज चौधरीको नामबाट शवदाह गृह निर्माणको लागि सोमबार २ कठ्ठा १० धुर जग्गा दान दिएको उपमेयर चौधरीले जानकारी दिइन् । ‘यहाँ दाहसंस्कार गर्न निकै कठिन थियो । मैले श्रीमान्‌को नाममा जग्गा दान गरेको छु,' उनले भनिन्, ‘पुण्यको काम गर्न पाउँदा खुशी छु ।’

उनले एक समारोहबीच नगरपालिकाको नगरप्रमुख कन्थमणि जयसवालको रोहवरमा वडा नम्बर ४ का अध्यक्ष सुनिल जयसवाललाई जग्गाधनी प्रमाणपत्र लालपुर्जा हस्तान्तरण गरिन् । जग्गा हालको मूल्यांकनमा १० लाखभन्दा बढीको रहेको छ । श्रीमान्‌को मृत्युपछि पुनमले उपमेयरमा कांग्रेसबाट टिकट पाएर जितेकी थिइन् ।

प्रकाशित : असार ४, २०८१ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×