कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

८२५ शिक्षकले त्यागे राजनीतिक दलको सदस्यता

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको जनाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मंगलबार कार्यकालको एक सय दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै शिक्षकले दलको सदस्यता त्यागेको प्रगति विवरण सुनाएकी हुन् ।

८२५ शिक्षकले त्यागे राजनीतिक दलको सदस्यता

शिक्षकहरुलाई राजनीतिबाट निरुत्साहित गर्न आफ्नो प्राथमिकता रहेको प्रतिबद्धता दोहोर्‍याईन् । शिक्षकलाई राजनीति दलबाट मुक्त गराउन अन्तिम समय सम्म नछाडेन उनको भनाई थियो । उनले शिक्षामन्त्रीको पदभार ग्रहण पछि शिक्षकलाई दलको सदस्यता त्याग गर्न निर्देशन दिएकी थिईन् । यो अवधीमा दलमा संलग्न २० जनाले शिक्षक पद नै त्याग गरेको शिक्षा मन्त्रालयले जनाएको छ । ‘शिक्षकलाई राजनीतिक दलबाट मुक्त गराउने कुरा शिक्षा मन्त्रालयको मात्र काम होइन,’ उनले भनिन, ‘यसमा सबै पक्षको साथ र सहयोग चाहिन्छ ।’

शिक्षामन्त्री श्रेष्ठले पहुँचको आधारमा काजमा बसेका शिक्षकको काज फिर्ता गराउन समेत सर्कुलर गरेकी थिईन् । मन्त्रालयले ५४ शिक्षकको काजफिर्ता भएको जनाएको छ । २ सय ९९ जना शिक्षक काजमा रहेकोमा ५९ जनासँग स्पष्टीकरण सोधिएको उनले बताईन् ।

पत्रकार सम्मेलनमा उनले एक सय दिनमा गरेका कामको विवरण र प्रगतिको चर्चा गरेकी थिईन । विद्यालय, उच्च र प्राविधि शिक्षाको क्षेत्रमा मन्त्रालयबाट भए गरेका कामको विवरण प्रस्तुत गरिएको छ ।

विद्यार्थीलाई परिचयपत्र उपलब्ध गराउने, पुस्तक पुर्नप्रयोग प्रणाली विकास गरिने, करिअर काउन्सेलिङ कार्यक्रम सञ्चालनको थालनी भएको उनले बताईन । विद्यार्थीलाई करिअर सम्बन्धी ज्ञान दिन शिक्षामन्त्रीले विभिन्न क्षेत्रका व्यक्तिहरुसँग संवाद गर्दै त्यसलाई सार्वजनिक गर्दै आएकी छिन् ।

कक्षा ९ देखि १२ सम्म र उच्च शिक्षाको क्यालेण्डरबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्न थालिएको उनले जानकारी दिईन् ।

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४ र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ सार्वजनिक गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । त्यसलाई क्रमशः कार्यान्वयनमा लैजाने मन्त्री श्रेष्ठले बताईन् । विश्वविद्यालयका उपकुलपति लगायत मन्त्रालय मातहतका निकायका पदाधिकारी नियुक्ति मापण्दडका आधारमा गरिएको र त्यसलाई निरन्तरता दिने उनले जनाईन् ।

प्रकाशित : असार ४, २०८१ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×