कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन : माधवकुमार नेपाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन्

नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन : माधवकुमार नेपाल

पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्रको मतभेदको अवस्थाबारे बताएका हुन् ।

अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगाठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गरे ।

‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । स्वभाविक रुपमा पार्टीको महाधिवेशनले विचारहरुलाई व्यवस्थित रुपले अघि सार्नुपर्ने आवश्यकता पर्दछ । त्यसो हुनाले हामीले यो महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौं जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्दैछ । र यसको निम्ति हाम्रो सम्पूर्ण नेता र कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै हामीले दस्तावेजहरु अगाडि सारिरहेका छौं । यस अर्थमा तपाईंहरुले पनि अझै यसलाई अध्ययन गर्नुहोस् । यसलाई समृद्ध बनाउनका लागि भूमिका खेल्नुहोस् । यसरी हाम्रो पार्टीले अरु पार्टीहरुका लागि पनि यसरी विचार अघि सार्ने काममा अग्रसरता लिनुपर्छ भन्ने प्रेरित गर्न सकोस् ’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउनका लागि आफूहरुले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको पनि स्पष्ट पारे ।

प्रकाशित : असार ३, २०८१ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?