कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

कांग्रेसलाई सरकारमा जाने हतारो छैन : कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई सरकारमा जान हतार नभएको दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भुमिकालाई बलियो बनाएर जाने बताए ।

कांग्रेसलाई सरकारमा जाने हतारो छैन : कोइराला

नेता कोइरालाले अहिले कांग्रेस सरकारमा आउन लबिङ नगर्ने, तर परिस्थितिले कांग्रेसले नै सरकार चलाउनुपर्ने अवस्था भए स्वभाविकरुपमा लिने बताए ।

उनले भने, ‘अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको छ । बैंकको तरलता जस्तो होइन, देशकै अवस्था तरलता छ । अहिले आठ वटा सरकार छन् । त्यसमा पनि पछिल्लो डेढ वर्षमा २३ पटक परिवर्तन भएछ । हामीले कस्तो संविधान बनाएछौँ, हामीहरुको कमी, कमजोरी हो की होइन ? राजनीतिक दलहरुले यो कुरालाई अत्यन्त गम्भीर रुपमा लिएर जानुपर्छ । यो अत्यन्त गम्भीर विषय हो ।'

उनले राजनीतिक स्थिरता वा सरकारको स्थिरता बिना जतिसुकै कुरा गरेर पनि आर्थिक स्थिरता र विकास सम्भव नभएको बताए । 'राजनीतिक स्थिरता र सरकारको स्थिरता बिना सुशासन पनि हुन सक्दैन । यो यसरी एक दोस्रोसँग गाँसिएको छ, कि जबसम्म हामीले राजनीतिक र सरकारको स्थिरताका विषयलाई टुंगो लगाउन सक्दैनौँ, देश यस्तै गरी अस्थिरताबाट गुज्रिरहन्छ,' उनले भने, 'अहिले कांग्रेस विपक्षमा छ । हामी विपक्षमा छौँ । हामीले विपक्षको भुमिका खेल्ने हो, सरकारमा जाने हामीलाई कुनै हतारो छैन । आउने भए त्यसै आउँछ, होइन भने कोशिस गरेर मरिहत्ते गरेर सरकारमा जानैपर्छ भन्ने सोच कांग्रेसलाई छैन ।'

प्रकाशित : जेष्ठ ३०, २०८१ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x