कान्तिपुर वेबसाईट
Advertisement
Advertisement
NMA

काठमाडाैं महानगरकाे बजेट २५ अर्ब ७० करोड

The budget of Kathmandu metropolis is 25 billion 70 million

Kantipur Events

nma-music-quiz
nma-free-ticket

Grab a
Free Ticket

Note: Get a chance to win a free ticket to the National Music Award !

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५  अर्ब ७० करोड ६३ लाख  २५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।  महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले  नगरसभाको १५औं अधिवेशनकाे तेस्राे बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् । 

चालु आर्थिक वर्षको लागि कुल बजेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँ ल्याइएको थियो । महानगरले गत माघमा स‌ंशोधन गरेर २४ अर्ब ८ कराेड ५७ लाख रुपैयाँ पुर्‍याइएकाे थियाे ।

आर्थिक विकास क्षेत्रका कार्यक्रमका लागि १९ करोड ९ लाख रुपैयाँ, कार्यालय सञ्चालन र प्रशाससनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार, पूर्वाधार विकासका लागि १४ अर्ब ८१ कराेड ५१ लाख ५१ हजार रुपैयाँ विनियाेजन गरेकेा डंगाेलले सुनाइन् ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank
प्रकाशित : असार १०, २०८१ १७:१९
×