कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मानिसलाई आक्रमण गर्ने गोहीलाई नियन्त्रणमा लिइयो

नारायणी नदी किनारको रहमा नहुाउने क्रममा गोहीको आक्रमणमा १ जनाको मृत्यु
नारायण शर्मा

नवलपरासी पूर्व — मध्यविन्दु नगरपालिकाको एक रहमा नुहाउन गएका वृद्धलाई आक्रमण गरेको गोहीलाई चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले नियन्त्रणमा लिएका छन् । सोमबार बिहान गोहीले आक्रमण गर्दा मध्यविन्दु नगरपालिका-२ का ७२ वर्षका मीनबहादुर थारूको मृत्यु भएको हो ।

मानिसलाई आक्रमण गर्ने गोहीलाई नियन्त्रणमा लिइयो

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी बेदबहादुर पौडेलका अनुसार मान्छेलाई आक्रमण गरेको गोहीलाई चितवन निकुञ्जका अधिकारीहरूले नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज लगेका छन् । कसरास्थित गोही प्रजनन केन्द्रको नजिकै कुनै पोखरी, ताल वा रहमा छाडिने निकुञ्जका अधिकारीहरूले जनाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जभित्रको तालतलैयामा छोडिने छ ।

मध्यविन्दु नगरपालिका वडा नम्बर-२ सेहरी गाउँस्थित नारायणी नदी किनारको रहमा आज बिहान नुहाउन गएका थारूलाई गोहीले तानेको हो ।

प्रहरीले मृतक थारूको शव नारायणीबाट निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाएको छ । नारायणी नदी र आसपासमा बाक्लै संख्यामा गोही देखिने गरेको स्थानीय बासिन्दा बताउँछन् ।



प्रकाशित : असार १०, २०८१ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×