२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भवनबाट खसेर मजदुरको मृत्यु

बागलुङ — निर्माणाधीन भवनमा काम गर्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । 

उच्च अदालत बागलुङको निर्माणाधीन भवनको लिफ्ट बनाउने क्रममा खसेर मजदुरको मृत्यु भएको हो । काममा खटिएका बारा जिल्ला घर भएका ४० वर्षीय पन्नालाल राउत कुर्मीको शुक्रबार राति मृत्यु भएको प्रहरीले बतायो । गम्भीर घाइते भएका कुर्मीलाई कामदारले तत्काल धौलागिरि अस्पताल पुर्‍याएका थिए । उपचारको क्रममा उनको शुक्रबार राति नै मृत्यु भएको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

अदालतको ५ तले भवन निर्माण भैरहेको छ ।


प्रकाशित : असार १, २०८१ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x