कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

एरिकालाई शिरिष फाउन्डेसनको प्रायोजन

काठमाडौँ — पौडीका सफल खेलाडी शिरिष गुरुङको नाममा स्थापित शिरिष फाउन्डेसनले १९ औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई प्रायोजन गर्ने भएको छ । 

एरिकालाई शिरिष फाउन्डेसनको प्रायोजन

फाउन्डेसनका अध्यक्ष ओलम्पियन शिरिष र एरिकाले प्रायोजनसम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरे । सम्झौता १ वर्ष कायम रहने छ ।

सम्झौताअनुसार फाउन्डेसनले एरिकालाई खेल पोसाक र खेल सामग्री उपलब्ध गराउने, प्रशिक्षण/प्रतियोगिता दौरान घाइते भएमा उपचारको व्यवस्था मिलाउने, प्रोत्साहनस्वरुप मासिक १५ हजार नगद प्रदान गर्ने, उत्कृष्ट प्रदर्शनका लागि छुट्टै विशेष पुरस्कारको व्यवस्था गर्नेलगायत छन् । फाउन्डेसनको यो कार्यमा निलम गहना, पम्प फर जिम, इन्फिनिटी एक्टिभ वेयर र गोल्डस्टार सुजले सहयोग गरेको फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले जनाएका छन् ।

प्राविधिक विज्ञको सुझावअनुसार एरिकालाई छनोट गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि फाउन्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्ती मगरलाई प्रायोजन गरेको थियो । सम्झौतापछि एरिकाले नेपाली खेलकुदमा शिरिष नाम नै नयाँ खेलाडीका लागि प्रेरणाको श्रोत भएको बताउँदै फाउन्डेसनसँग जोडिन पाउँदा खुशी लागेको बताइन् । अध्यक्ष शिरिषले प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको बताउँदै फाउन्डेसनको उद्देश्यलाई विश्वास गरेर सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।

प्रकाशित : असार ४, २०८१ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×