कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

लमजुङको भोटेओडारमा दिनदाहडै खुकुरी प्रहार, चार जना पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका-९, भोटेओडार बगैंचामा सोमबार दिउँसो दिनदाहडै खुकुरी प्रहारबाट २ युवक घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय नजिकै दिउँसो ३ बजेतिर एक समूहले खुकुरी प्रहार गर्दा दूधपोखरी गाउँपालिका-६, ओखरीका ४४ वर्षीय लिला गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अर्का युवक दोर्दी गाउँपालिका-४, नौथरका ४० वर्षीय मंगलराज गुरुङ सामान्य घाइते भएका छन् ।

खुकुरी प्रहारबाट लिलाको टाउकोको अगाडिको भागमा गम्भीर चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथामिक उपचारपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ । मंगलराज भने उपचार पछि डिस्चार्ज भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको बताए । सुन्दरबजार नगरपालिका-९, बालुने टोलका आकाश भन्ने ३० वर्षीय केशव घले, दोर्दी गाउँपालिका-५, पाचोकका ३६ वर्षीय भीमसेन गुरुङ, दोर्दी गाउँपालिका-६, ताँजेका ३१ वर्षीय पूर्णबहादुर तामाङ र दोर्दी गाउँपालिका ७, लप्सीबोटका ३८ वर्षीय प्रवीण गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार युवाबीच दोर्दीको माथिल्लो भेगमा निर्माण गरिएको ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ (पिपुल्स हाइड्रोपावर) को कवाडीको विषयलाई लिएर युवाहरुबीच झगडा भएको देखिन्छ । ‘कवाडीको ठेक्का वीरगंजका एकजनालाई परेछ । स्थानीय प्रतिनिधि भएर मंगलराजको टोलीले काम गरेका रहेछन् । केशवको टोलीले पैसा नपाएको भन्दा रहेछन् । झगडा भएछ’ प्रहरीले भन्यो, ‘प्रारम्भिक अनुसन्धानबाट योजनाबद्ध ढंगले खुकुरी प्रहार गरेको जस्तो देखिन्छ ।’

प्रहरी निरीक्षक चपाईंले घटनाबारे अनुसन्धान थालिएको र अनुसन्धानपछि मात्रै यसबारे भन्न सकिने बताए ।

प्रकाशित : असार ३, २०८१ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×