कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

कोशीको बजेटमा औद्योगिक कोरिडोरलाई सम्बोधन गरिएन : निजी क्षेत्र 

विराटनगर — कोशी प्रदेश सरकारले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटले सुनसरी मोरङ औद्योगिक करिडोरलाई उपेक्षा गरेको भन्दै यहाँका उद्योगी व्यवसायीले असन्तुष्टि जनाएका छन् ।

कोशीको बजेटमा औद्योगिक कोरिडोरलाई सम्बोधन गरिएन : निजी क्षेत्र 

प्रदेशको राजधानीमै रहेको औद्योगिक करिडोको विकास र सम्बर्धनका बारेमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम एक शब्दपनि नवोल्नु आश्चर्यजनक भएको उनीहरूको गुनासो छ ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रम प्रदेशकै राजधानीका निजी क्षेत्रका लागि 'हात्ती आयो हात्ती आयो फुस्सा' झैं भएको बताए ।

'मुलुकको कुल ग्राहस्थ उत्पादन र वैदेशिक व्यापारको १० प्रतिशत हिस्सा ओगटेको सुनसरी मोरङ औद्योगिक करिडोरलाई यो पटकको कोशी प्रदेशको बजेटले पुरै उपेक्षा गरेको छ', उनले भने,' औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति, नयाँ उद्योग स्थापनामा सहयोग गरेर रोजगारीका अवसर सृजना गर्न र कृषिमा आधारित उद्योगको स्थापना गर्न बजेटले प्रोत्साहन गर्ला भन्ने अपेक्षा गरिएको थियो, तर कुनैपनि विषयमा बजेट मौन रहयो ।'

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । यो बजेट चालु वर्षभन्दा ९६ करोड ४२ लाख १० हजार रुपैयाँले न्यून हो ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले संघीय सरकारले विराटनगरलाई औद्योगिक क्षेत्रसम्म भनेर सम्बोधन गर्दा प्रदेश सरकारले त्यसबारे एक शब्दपनि नबोल्नु आफैंमा उदेकलाग्दो भएको बताए ।

'प्रदेश सरकारको बजेटले सत्तापक्षका सांसदमात्र खुसी छन् । स्वयं मन्त्रीपनि असन्तुष्ट रहेको पाइएको छ,' राठीले भने,' त्यस्तो अवस्थामा निजी क्षेत्रले प्रदेश सरकारसँग के अपेक्षा गर्नु ! प्रदेश सरकारले कम्तीमा पनि प्रर्दशनीस्थल निर्माण गर्ने र औद्योगिक ग्रामकाबारेका बोल्ला भन्ने आशा गरिएको थियो, तर केहीपनि बोलेन ।'

प्रकाशित : असार ३, २०८१ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

‘नैतिक चरित्र’ मा गम्भीर प्रश्न उठेका निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानलाई अब संसदीय सुनुवाइ समितिले के गर्नुपर्छ ?

×