कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सन् १९८२ मा आजकै दिन : युद्ध हारेपछि अर्जेन्टिनी शासकद्वारा राजीनामा

काठमाडौँ — सन् १९८२ मा आजकै दिन (जुन १७) मा लियोपोल्दो गल्टियरीले अर्जेन्टिनाको राष्ट्रपति तथा सैन्य प्रमुखबाट राजीनामा दिएका थिए । १९२६ जुलाई १५ मा जन्मिएका गल्टियरीले १९७९ देखि १९८२ सम्म सैन्य सरकार जुन्ताका प्रमुख थिए । 

सन् १९८२ मा आजकै दिन : युद्ध हारेपछि अर्जेन्टिनी शासकद्वारा राजीनामा

१९८२ को अप्रिल २ मा अर्जेन्टिनाले फोकल्यान्ड टापु (बेलायती उपनिवेश) माथि आक्रमण गरेका कारण दुई देशबीच युद्ध सुरु भएको थियो । अर्जेन्टिनी सेनाले फोकल्यान्ड टापु अतिक्रमण गरेपछि भोलिपल्ट बेलायतले सेना पठाएर जवाफी कारबाही सुरु गरेको थियो ।

बेलायतमा राजनीतिक तथा आर्थिक संकट उत्पन्न भएको मौका छोपेर अर्जेन्टिनाले फोकल्यान्ड टापुमा आक्रमण गरेको थियो । बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरले आफ्नै दलका नेताहरूको विरोधका बाबजुद फोकल्यान्डमा अर्जेन्टिनाविरुद्ध युद्ध लड्ने निर्णय लिएकी थिइन् ।

७४ दिनसम्म चलेको युद्धपछि १९८२ जुन १४ मा अर्जेन्टिनाले बेलायती सेनासमक्ष आत्मसमर्पण गरेको थियो । बेलायत विजयी भएसँगै फोकल्यान्ड युद्ध अन्त्य भएको थियो । युद्धका क्रममा ६ सय ४९ अर्जेन्टिनी सेना, २ सय ५५ बेलायती सेना र तीन स्थानीयको ज्यान गएको थियो । गल्टियरीको २००३ जनवरी १२ मा निधन भइसकेको छ ।

प्रकाशित : असार ३, २०८१ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?