२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नारायणी नदीमा डुबेर बालिकाको मृत्यु

पूर्वी नवलपरासी — त्रिवेणीस्थित गण्डक ब्यारेज पुल तल नारायणी नदीमा पौडी खेल्न गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।

नारायणी नदीमा डुबेर बालिकाको मृत्यु

जिल्ला प्रहरीका अनुसार बिनयी त्रिवेणीस्थित चन्दन गुप्ताकी १३ वर्षिया छोरी आंचल गुप्ताको नदीमा डुबेर शुक्रबार साँझ मृत्यु भएको हो ।

प्रहरी र स्थानीयले उद्धार गरेर नजिको भारतीय सुरभी मेडिकेयरमा उपचारको लागि पुरयाइएपछि उनको मृत्यु भएको प्रहरीले जनायो । त्रिवेणीधामस्थित नेपाल भारत सिमानामा गण्डक ब्यारेज पुल रहेको छ ।

गर्मी छल्न स्थानीयहरु पुल तल नदीमा पौडी खेल्न जाने गर्छन् । त्यही पौडिन जाँदा डुबेर उनको मृत्यु भएको हो ।

प्रकाशित : असार १, २०८१ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x