कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

फरार प्रतिवादी पक्राउ

कमल पन्थी

बर्दिया — अवैध रुपमा औषधि बेचबिखन कसुरमा जिल्ला अदालतबाट दोषी ठहर भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

फरार प्रतिवादी पक्राउ

प्रहरीले बढैयाताल गाउँपालिका–३ का फरार अभियुक्त बिहारीलाल थारुलाई आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले बताए । जिल्ला अदालत, बर्दियाबाट थारुलाई २०७९ असार २७ गतेको फैसलाले २ वर्ष कैद र ५५ हजार रुपैयाँ जरिवाना भएको डीएसपी अर्यालले जनाए ।

उनलाई कैद भुक्तानका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २, २०८१ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×