२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सुरक्षित कारोबार गर्न इसेवाको ‘eScrow' सुविधा 

एडभर्टोरियल

 के हो एस्क्रो (eScrow) सुविधा ?

एस्क्रो सुविधाले अनलाइन लेनदेनहरूमा एक टस्थ तेस्रो पक्षको रूपमा काम गर्छ। यसले खरिदकर्ता र विक्रेताहरूबीच सुरक्षित रकमको आदानप्रदान सुनिश्चित गर्छ। सुरक्षित र भरपर्दो प्लेटफर्म प्रदान गरेर, एस्क्रो सुविधाले सम्भावित जोखिमहरूलाई कम गर्छ र डिजिटल लेनदेनको लागि सुरक्षित वातावरणलाई बढावा दिन्छ।

एस्क्रो सुविधाले इसेवा प्रयोगकर्ताहरूलाई अर्को इसेवा वालेटमा सुरक्षित तरिकाले भुक्तानी गर्न अनुमति दिन्छ। कुनै पनि लेनदेन समय प्रेषक (पठाउने व्यक्ति) ले प्राप्तकर्ता (पाउने व्यक्ति) लाई पठाएको रकम प्रेषक आफैले आफ्नो खातामा ‘होल्ड’ गरेर राख्न मिल्छ। प्राप्तकर्ताले आफ्नो दायित्व पूरा गरेपछि बल्ल प्रेषकले होल्डमा राखेको रकम प्राप्तकर्ताले पाउन मिल्ने गरी जारी गर्न मिल्छ। यो प्रयोगकर्ताले ‘सेन्ड मनी (Send Money)’ भन्ने फिचरको प्रयोगमा गर्न सक्छन्। 

उदाहरणको लागि तपाईंले एक अनलाइन स्टोरबाट सामग्री खरिद गर्दै हुनुहुन्छ। त्यसको लागि अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था छ तर तपाईंले ती स्टोरलाई विश्वास गर्न सक्नुभएको छैन। यस्तोमा तपाईंले त्यो स्टोरले पठाएको जानकारीमा रकम पठाउनु भएपनि पूर्ण रूपमा रकम उनीहरूले पाएका हुँदैनन्। तपाईंले पठाउनु भएको रकम तपाईंकै खातामा होल्डमा हुन्छ। सामग्री पाइसक्नु भएपछि बल्ल सो रकम जारी (रिलिज) गर्न सक्नुहुन्छ। 

यो सेवाको मुख्य उद्देश्य भनेको प्रेषक र प्राप्तकर्ता दुवैलाई रकम स्थानान्तरण कारोबार गर्दा आश्वासन र सुरक्षा प्रदान गर्नु हो। यो सुविधाले अपरिचित वा अज्ञात व्यक्तिलाई भुक्तानीको लागि पैसा पठाउने जोखिमहरू कम गर्न मद्दत गर्नेछ।

अहिले अनलाइन सपिङ लगायत अनलाइन कारोबार गर्दा ग्राहकहरू ठगिने प्रवृत्ति बढेको छ। यस्तो अवस्थाका लागि यो सेवा निकै उपयोगी हुन्छ। 

एस्क्रो सुविधा कहाँ उपलब्ध छ ?

एस्क्रो सुविधा इसेवाको ‘सेन्ड मनी’ भन्ने विकल्पमा नै उपलब्ध छ। यसले व्यवस्थित कोष स्थानान्तरण सुनिश्चित गर्छ। अज्ञात प्रयोगकर्ताहरूलाई भुक्तानी गर्दा आफ्नो रकमको पनि सुनिश्चितता यो सेवामार्फत गर्न सकिन्छ। 

यो कसरी काम गर्छ ?

एस्क्रो सुविधाको प्रयोग गर्न यी प्रक्रिया अपनाउनुहोस‍्: 

१. इसेवाको एपमार्फत आफ्नो खाता लग-इन गर्नुहोस् ।

२. होम स्क्रिन मै देखिने ‘सेन्ड मनी’ विकल्प रोज्नुहोस् ।

३. प्राप्तकर्ताको विवरण र पठाउने रकम भर्नुहोस् ।

४. सोही पृष्ठमा देखिने एस्क्रो सेवा अन गर्नुहोस् । 

यसो गरेपछि सेवा बापतको शुल्क लाग्ने भन्दै नोटिफेकेसन आउँछ। त्यसलाई ‘मान्य छ’ भन्ने विकल्प रोज्नुहोस् । 

५. आवश्यकता अनुसार थप विवरणहरू भर्नुपर्ने हुन्छ। सम्पूर्ण विवरण भरेर पुष्टि गर्नुहोस् ।

यदी तपाईंले इसेवा मार्फत पहिलो पटक कसैलाई रकम पठाउँदै हुनुहुन्छ र यो सेवा प्रयोग नगर्ने विकल्प रोज्नुभएको छ भने तपाईंलाई एस्क्रो सेवा प्रयोग गर्न सूचित गरिन्छ। यद्यपि, तपाईंसँग यो सेवा प्रयोग नगर्ने विकल्प पनि छ ।

६. ‘कन्फर्म’ बटन रोज्नुहोस् ।

एस्क्रो सुविधा प्रयोग गर्न मान्य हुनुभएपछि तपाईंलाई सेवाको प्रयोगमा लागू हुने सम्बन्धित शुल्कहरूको साथ पुष्टिकरण पृष्ठ देखाइन्छ।

लेनदेनको लागि गर्नुपर्न आवश्यक प्रक्रिया सकेपछि, यो ‘पेन्डिङ’ स्थितिमा रहन्छ। लेनदेनको अवस्था पेन्डिङमा रहेको प्रेषक र प्राप्तकर्ता दुवैलाई जानकारी गराइन्छ। यो स्टेटमेन्ट र एस्क्रो कार्ड देखाइने पृष्ठको सबैभन्दा माथिल्लो भागमा देखाइन्छ।  प्राप्तकर्ताको लागि नयाँ पेन्डिङ कारोबारहरूको लागि सूचना ब्याज पनि देखाइन्छ।

रकम पठाउने व्यक्तिले सेवा पाइसकेपछि होल्डमा बसेको रकम रिलिज गर्न मिल्छ। रिलिज गरेसँगै प्रेषकले पठाएको रकम प्राप्तकर्ताको वालेटमा स्थानान्तरण हुन्‍छ। सेवा शुल्क भने प्रापकको वालेटबाट काटिन्छ।

तपाईंले यी प्रकारका लेनदेनहरू आफैं व्यवस्थापन गर्न सक्नुहुन्छ। रकम जारी गर्ने/अनुरोध गर्ने वा लेनदेनमा कुनै विवाद भएमा उजुरी फाइल पनि गर्न सकिन्छ। भनेको जस्तो सामग्री र सेवा नपाएमा प्रेषक र प्रापक दुबैले उजुरी दर्ता गर्ने पहुँच छ। यसरी गुनासो वा उजुरी इसेवाको एपमै भएको ‘कम्प्लेन’ अर्थात् गुनासो विकल्पमा गएर गर्न सकिन्छ। 

 एस्क्रोको प्रयोग बापत लाग्ने शुल्क यस प्रकारको छः 

मूल्य : २५ हजार रूपैयाँसम्म

सेवा बापत लाग्ने शुल्क : रू. १०

विवाद ह्यान्डलिङ शुल्क : रू. ५०

 

एस्क्रो सुविधाबारे थप बुझ्न यो लिंकमा (https://blog.esewa.com.np/terms-conditions-of-secured-transfer/ ) जानुहोस्। 

इसेवा एप डाउनलोड गर्नः  bit.ly/eSewa_App