कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सुन जस्तो देखिने धातुसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ — प्रहरीले लुकाई छिपाई लैजान लागेको अवस्थामा सुन जस्तो देखिने करिब ८९ ग्राम पहेंलो धातुसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ गरेको छ ।

सुन जस्तो देखिने धातुसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा नितिन महेश्वरी छन् । मेहश्वरी थाइल्यान्ड एयरको उडानद्वारा बैंककबाट काठमाडौं आउनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ परेका हुन् ।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २, २०८१ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?