कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पाराका प्रकाशको ब्याडमिन्टन वरीयतामा फड्को

काठमाडौँ — नेपालका पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले बीएफडब्लू पारा ब्याडमिन्टन विश्व वरीयतामा फड्को मारेका छन् ।

पाराका प्रकाशको ब्याडमिन्टन वरीयतामा फड्को

कर्णाली प्रदेशको सुर्खेतका प्रकाशले ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले मंगलबार जारी गरेको विश्व वरीयतामा उनी ४८ औं स्थानमा आइपुगेका छन् ।

यसअघि प्रकाश ७२ औं स्थानमा रहेका थिए । गत मे २१ देखि २६ सम्म बहराइनमा भएको अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन प्रतियोगितामा भाग लिएका प्रकाश अन्तिम १६ मा पुगेका थिए । जसका कारण उनको वरीयतामा सुधार आएको व्याडमिन्टनका अन्तर्राष्ट्रिय रेफ्री उदय अर्यालले जानकारी गराए ।

प्रकाशले गत वर्ष चीनको हाङचाउमा भएको चौथो पारा एसियाली खेलकुदमा पनि सहभागिता जनाएका थिए । जहाँ उनले एकल र डबल्समा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : असार ११, २०८१ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×