कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

पहिले असन्तुष्टि जनाएका एमाले अध्यक्ष ओली भन्छन् : बजेट राम्रो भएकाले बहुमतले पास भयो 

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले बजेट राम्रो भएको बताएका हुन् । 

पहिले असन्तुष्टि जनाएका एमाले अध्यक्ष ओली भन्छन् : बजेट राम्रो भएकाले बहुमतले पास भयो 

यसअघि बजेट आएलगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिनुभएका ओलीले बजेट पास भएको दिनमा भने राम्रो बजेट आएकाले बहुमतले पास भएको प्रतिक्रिया दिएका हुन् । 'राम्रो छ र बहुमतले पास गर्‍यो,' ओलीले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाउनु भयो नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा आफूलाई असन्तुष्टि जनाएको जानकारी नरहेको ओलीले बताए ।

प्रकाशित : असार ११, २०८१ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×