कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अलैंचीको वर्तमान, अवस्था, अवसर र चुनौतीहरु विषयक राष्ट्रिय सम्मेलन सकियाे

काठमाडौँ — कृषि क्षेत्र विशेष गरि अलैंचीमा संलग्न सार्वजनिक र निजी क्षेत्रका  सरोकारवालाहरुको लागि ‘अलैंचीको वर्तमान, अवस्था, अवसर र चुनौतीहरु बिषयक राष्ट्रिय सम्मेलन’ सकिएको छ । नेपाल अलैंची व्यवसायी महासंघ र स्विस विकास सहयोगद्वारा निर्देशित, स्विसकन्ट्याक्ट र वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड) द्वारा आयोजित सम्मेलनमा अलैंची क्षेत्रको विकास र विस्तारका सम्भावनाहरु, यससंग संबन्धित नीति निर्माणका मुद्दाहरु, व्यापारको विविधिकरणमा योगदान पुर्याउन छलफल गरिएको थियो ।

अलैंचीको वर्तमान, अवस्था, अवसर र चुनौतीहरु विषयक राष्ट्रिय सम्मेलन सकियाे

पछिल्ला वर्षहरुमा नेपाल अलैची ब्यवसायी महासंघ र नेपाल कृषि बजार विकास कार्यक्रमको सहकार्यमा प्रविधि विकास मार्फत गुणस्तर सुनिश्चितता एवं बजार प्रवद्र्धन मार्फत नेपालमा नै अलैंचीको खपत बढाउने उद्देश्यले विभिन्न नवीनतम कार्यहरु गरिदै आएको छ । यी पहलहरुले विद्यमान अलैंचीको क्षेत्रमा सकारात्मक प्रभाव पारी अलैंची क्षेत्रका सम्बन्धित सरोकारवालाहरुको लागि अवसरहरु सिर्जना गरेको छ । यो सहकार्यलाई अझ अगाडि बढाउदै, राष्ट्रिय सम्मेलनको माध्यमबाट अलैंची क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु र सरोकारवालाहरुलाई एकजुट गरि अलैंची खेती, व्यापार र यसको स्थायित्वका महत्वपूर्ण पक्षहरुमा छलफल गर्ने लक्ष्य राखेको छ ।

नेपालले कूल उत्पादनको ९८ प्रतिशत निर्यात गर्छ भने २ प्रतिशत मात्रै आन्तरिक रुपमा खपत हुन्छ । नेपालमा अलैचीको अधिकांश उत्पादन पूर्वी क्षेत्रबाट हुने गर्दछ भने विस्तारै नेपालको पश्चिमी क्षेत्रतर्फ पनि यसको विस्तार हुँदै गएको छ । नेपालमा करिब ६७ हजार परिवारहरु अलैंची खेतीमा संलग्न छन् । वर्तमान समयमा अलैंची खेती ४२ भन्दा बढी जिल्लाहरुमा फैलिएको भएता पनि कूल राष्ट्रिय उत्पादनको लगभग ७८ प्रतिशत कोशी प्रदेशका चार जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम र संखुवासभाबाट हुने गरेको पाईन्छ ।

यो सम्मेलनलाई महत्वपूर्ण नगदे बालीको रुपमा रहेको अलैंची क्षेत्रको उत्पादन, प्रशोधन र व्यवसायीकरणको वर्तमान अवस्था, सिकाईहरु र नवीनतम अभ्यासहरुको छलफल गर्ने मञ्चको रुपमा आयोजना गरिएको थियो ।

अलैंची क्षेत्रको वर्तमान अवस्थाको तथ्य परक जानकारीको लागिः खेति र उत्पादनको वर्तमान अवस्था, अलैंची उत्पादकहरुले सामना गरिरहेका चुनौतीहरु, उत्पादमा भएको क्षेत्रीय भिन्नता, जलवायु परिवर्तनको प्रभाव, कीट व्यवस्थापन, उत्पादन र उत्पादकत्वको वृद्धि, बजारको अवस्था, मूल्यमा हुने उतार–चढाव, मूल्य अभिवृद्धिकरण, अलैंचीको अन्तर्राष्ट्रिय बजारको पहूँच विस्तार, अलैंचीसँग संबन्धित वस्तु तथा सेवाको विविधिकरण, राष्ट्र विशिष्टगत रणनीति, नीति तथा नियामक संरचना तथा अलैंची क्षेत्रका किसान, व्यापारी र निर्यातकर्ताहरुलाई प्रोत्साहन गर्ने नीतिलगायत विषयमा छलफल गरिएको थियो ।

प्रकाशित : असार ११, २०८१ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×