कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ

बर्दिया — जिल्ला अदालतबाट २०८० साल असार ११ गतेको फैसलाले सजाय तोकिएकी बहुविवाहको अभियोगमा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ

अदालतको फैसलाले ११ महिना १५ दिन कैद सजाय भई फरार रहेकी ३२ वर्षिया महिलालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालका अनुसार सोमवार बाँसगढी नगरपालिका–१ चेपांग बजारमा लुकेर बसेकी विष्णु घर्तीलाई पक्राउ गरेको बताए ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाउने प्रक्रियामा रहेको जनाए ।

प्रकाशित : असार ३, २०८१ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?