कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

२० वर्षदेखि फरार हत्याका अभियुक्त पक्राउ

हेटौँडा — हत्या अभियोगमा १६ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाइएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको २० वर्षदेखि फरार रहेका अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

२० वर्षदेखि फरार हत्याका अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार इन्द्रसरोवर गाउँपालिका-१ स्थित नयाँ गाउँका ६१ वर्षीय सन्तबहादुर वाइवालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

२०६१ जेठ ३ गते तरकारी व्यापारको निम्ती मार्खु आएका काठमाडौंका ४२ वर्षीय केदारप्रसाद पराजुलीको साथमा रहेको ५० हजार रुपैयाँ लुटे भीरबाट लडाएर वाइवाले हत्या गरेका थिए ।

फरार प्रतिवादी वाइवालाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७० सालमा १६ वर्ष कैद सजाय र ३ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

पराजुलीको हत्या पश्चात फरार भएका वाइवा केही समयदेखि घरमा नै बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।

अदालतले कैद र दण्ड जरिवाना तोकिएका तर फरार रहेका अभियुक्तहरूको खोजी गर्ने क्रममा वाईवालाई घरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा फरार अभियुक्तमध्ये ४१ जना महिलासहित २ सय ३७ जना पक्राउ गरेको छ । पक्राउ परेका फरार अभियुक्तहरूबाट १ सय ८ वर्ष ४ महिना २९ दिन कैद र ३९ लाख ३२ हजार रुपैयाँ असुली भएको जिल्ला अदालतले जनाएको छ ।

प्रकाशित : असार ३, २०८१ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?