कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गाँजासहित पक्राउ परेका ६ जना पुर्पक्षका लागि थुनामा

प्रताप विष्ट

हेटौंडा — गाँजासहित पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । एक जनालाई २० हजार धरौटी लिई तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।

गाँजासहित पक्राउ परेका ६ जना पुर्पक्षका लागि थुनामा

मंगलबार जिल्ला न्यायाधीश पुर्णिमा कोइरालाको इजलासले गाँजासहित पक्राउ परेका राक्सिराङ—७ का १९ वर्षीय टीकाराम चेपाङ, कैलाश गाउँपालिका—४ का २८ वर्षीय वमवहादुर चेपाङ,२७ वर्षीय हरिकुमार चेपाङ, २७ वर्षीय वीरमान चेपाङ, मनहरी गाउँपालिका—४ का ४४ वर्षीय रामहरि लुइँटेल र मनहरी गाउँपालिका—५ का ३६ वर्षीय दीपक थापा मगरलाई थुनामा राख्ने आदेश दिएको हो । राक्सिराङ गाउँपालिका—३ का सुरेश भन्ने मंगलसिंह चेपाङलाई २० हजार धरौटी लिई तारेखमा छाड्न अदालतले आदेश गरेको हो ।

गत वैशाख ४ गते राति गाँजा बोकेर भारततर्फ लगिरहेको अवस्थामा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्जमा खटिएका नेपाली सेनाले १३० केजी गाँजासहित ७ जनालाई पक्राउ गरेको थियो । मंगलसिंहको साथबाट प्रहरीले खानेकुरा र पानी मात्र बरामद गरेको थियो ।

प्रकाशित : असार ११, २०८१ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×