कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

हेटौंडा — हुरीबताससँगै परेको चट्याङले लागेर मकवानपुरमा सोमबार एक जनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका—२ थुम्कीका ४५ वर्षीय वीरबहादुर चेपाङको मृत्यु भएको हो ।

घरमा सुतिरहेको अवस्थामा चट्याङ परेर वीरबहादुर घाइते भएका थिए । उपचारका लागि तत्कालै उनलाई हेटौंडा अस्पतालमा ल्याइएको थियो ।

उपचारका क्रममा नै उनको मृत्यु भएको पालिका अध्यक्ष राजकुमार मल्लले बताए । चट्याङले घरमा अरु केही पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीले बताए ।


प्रकाशित : असार ३, २०८१ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?