कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.८६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

हेटौंडा — पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, दारिमटारमा दुर्घटनामा परी कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय रमेश तिरुवाको मृत्यु भएको छ ।

शनिबार बेलुका मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ त ४३७६ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको बा ७० प ७१८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तिरुवा गम्भीर घाइते भएका थिए । हेटौंडास्थित सीएमसी चुरेहिल अस्पतालमा उपचारपछि शनिबार राति थप उपचारका लागि तिरुवालाई चितवन पठाइएको थियो । चितवनबाट पनि तिरुवालाई आइतबार बिहान ३ बजे काठमाडौं लगिएको थियो । काठमाडौं ट्रमा सेन्टरमा उपचारको क्रममा आइतबार बिहान ११ बजे तिरुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका–५, तोरीखेतका ३७ वर्षीय मुस्कान ग्लान घाइते भएका छन् । ट्र्याक्टर चालक फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : असार २, २०८१ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x