कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सल्यानमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

सल्यान — सल्यानमा आइतबार दिउँसो ३ बजेतिर टिपर र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । 

सल्यानमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

जिल्लाको श्रीनगरदेखि दाङको तुलसिपुरतर्फ जाँदै गरेको रा १ ख २२२४ नम्बरको टिपर र श्रीनगरतर्फ आउँदै गरेको रा ४ प ९२३६ नम्बरको मोटरसाइकल छत्रेस्वरी गाउँपालिका ६ कल्लेखोलामा ठोकिँदा बाग्चौर नगरपालिका ८ कोटमौलाका २५ वर्षीय खगेन्द्र बिक र २८ वर्षीय मनविर बिक गम्भीर घाइते भएका हुन् । दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी गराए ।

टिपर र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका र चालकलाई ईलाका प्रहरी कार्यालय लुहाममा राखिएको उनले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।


प्रकाशित : असार २, २०८१ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?