कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्रिय विद्यालय टेबलटेनिसमा आर्यन र शुभश्रीलाई स्वर्ण

काठमाडौँ — एभरेस्टका आर्यन शाही र युलेन्सकी शुभश्री श्रेष्ठले १० औं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । यू–१६ सिंगल्सको ब्वाइजमा आर्यन र गर्ल्समा शुभश्री च्याम्पियन भए ।

राष्ट्रिय विद्यालय टेबलटेनिसमा आर्यन र शुभश्रीलाई स्वर्ण

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबार ब्वाइज फाइनलमा आर्यनले जेठ अन्तिम साता पोखरामा भएको प्रथम यु–१५ विद्यालय खेलकुद प्रतियोगितामा तीन स्वर्ण जितेका एभीएमका जयस्नु महर्जनलाई ११–९, १४–१२, ९–११, ६–११, ११–९ को सेटमा पराजित गरे । भासारका रिजन शाक्य र न्यु होराइजनका सुविन क्षेत्री तेस्रो भए ।

गर्ल्सको फाइनलमा शुभश्रीले सेन्ट मेरिजकी सुरम्य शाक्यलाई ११–८, ११–४, ११–६ को सोझो सेटमा हराइन् । प्राइम ग्लोबलकी प्राज्णा महर्जन र एभीएमकी अर्सना महर्जन तेस्रो बने । ब्वाइज/गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १५ हजार, ७ हजार ५ सय र ३ हजार नगद पुरस्कार प्राप्त गरे ।

गोरखनाथ माविको सहकार्यमा सोफेस नेपालद्वारा आयोजित प्रतियोगिताको यू–१२ ब्वाइज सिंगल्समा डिलाइट किन्डरगार्डेनका आरम्भराज शाक्य पहिलो भए । उनले फाइनलमा जेम्सका अनमोल बजगाईंलाई ३–२ सेटले हराए । गर्ल्स फाइनलमा आरुणीकी योजना पुनमगरले जेम्सकी सुहाना महर्जनलाई ३–१ सेटले हराइन् ।

यू–१४ ब्वाइज सिंगल्समा सृष्टि एकेडेमीका अर्नव श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा जेम्सका अर्चित शाहलाई ३–० को सोझो सेटमा हराए । गर्ल्स फाइनलमा दृष्टिका श्रेष्ठले स्वर्णिमकी सुप्रिया कपालीमाथि ३–१ को जित पाइन् ।

ब्वाइज टिम इभेन्टमा एभीएम पहिलो, भासारा दोस्रो तथा न्यु होराइजन र एभरेष्ट तेस्रो स्थानमा रहे । गर्ल्समा पनि एभीएम नै शीर्षस्थानमा रह्यो । प्रभात दोस्रो तथा मंगल र स्वस्तिश्री गुरुकुल तेस्रो भए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज वैद्य, टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा विभिन्न ४४ विद्यालयका १ सय ७७ ब्वाइज र ७६ गर्ल्स खेलाडीले ८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : असार ११, २०८१ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×