कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

कभर्डहलमा पारा तथा विशेष खेलकुद सुरु

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा पारा खेल संघहरूको व्यवस्थापनमा पारा तथा विशेष खेलकुद प्रतियोगिता सुरु भएको छ । फरक क्षमता भएका खेलाडीको प्रतिभाको खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राखेपले जनाएको छ ।

कभर्डहलमा पारा तथा विशेष खेलकुद सुरु

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राखेप कभर्डहलमा उद्घाटन गर्दै खेल प्रतिभाको खोजीअन्तर्गत पारा तथा विशेष खेलकुद प्रतियोगिता गरेको बताए । सरकारले पारा खेलकुदलाई उच्च महत्व दिएको बताउँदै सदस्य–सचिव घिसिङले मंसिर १८ देखि २१ सम्म सुर्खेतमा प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना गरिने जानकारी गराए ।

कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदलगत्तै पारा खेलकुद गर्न सरकारले बजेटसमेत विनियोजन गरेको सदस्य–सचिव घिसिङले बताए । विभिन्न १३ खेल विधामा प्रतिस्पर्धा हुने र सम्बन्धित संघले १५ दिनभित्र प्रतियोगिता सम्पन्न गर्ने संयोजक एवं परिषद्की सदस्य पेमा डोल्मा लामाले जानकारी बताए ।

पारा एटलेटिक्स, स्पाइनल कर्ड इन्ज्युरी, बोसिया, नेत्रविहीन क्रिकेट, पारा साइक्लिङ, एम्पुटी फुटबल, दृष्टिविहीन खेलकुद, पारा जुडो, दुष्टिविहीन टेबलटेनिस, शारीरिक अपांगता टेबलटेनिस, पारा पौडी, पारा भारोत्तोलन, बहिरा खेलकुद प्रतियोगिता हुनेछ ।

प्रकाशित : असार ११, २०८१ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×