कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

डीबीएसले जित्यो नेप्लिज बास्केटबल लिग

नवीन पोखरेल

लन्डन — नेपाल बास्केटबल यूकेद्वारा आयोजित तेस्रो ए स्टार नेप्लिज बास्केटबल लिग डीबीएस हेजले जितेको छ । लन्डन अक्सब्रिजस्थित ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा शनिबार सम्पन्न फाइनलमा डीबीएसले ग्रीनफोर्ड नाइट्सलाई पराजित गर्दै दोस्रो पटक च्याम्पियन बनेको हो ।

डीबीएसले जित्यो नेप्लिज बास्केटबल लिग

११ साताको लिग खेल र तीन साताको प्लेअफपछि सम्पन्न फाइनलमा डीबीएसले लिगमा आफ्नो प्रभुत्व जमायो । उक्त बास्केटबल लिग २१ जनवरीमा सुरु भएर १४ साता चलेको थियो । प्रतियोगितामा ११ टिम भिडेका थिए । प्रतियोगिताको फाइनल र लिग दुवैमा मोस्ट भ्यालुएबल प्लेयर आयुष सिंह भए ।

समापनमा नेपालका पूर्वराष्ट्रिय खेलाडीलाई खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सम्मानित हुनेमा मनोज शेरचन, आयुष सिंह, विनोद श्रेष्ठ, अमिर घले र निर्मल गुरुङ थिए । ह्विलचेयर बास्केटबलमा उत्कृष्ट प्रदर्शन गर्ने ह्विलचेयर खेलाडी दीपेश विश्वकर्मालाई विशेष सम्मान गरिएको संयोजक अंकित क्षेत्रीले जनाए ।

खेलाडीलाई हौसला प्रदान गर्न १३ हिमाल आरोहण गरिसकेका तेजन गुरुङ, कलाकार आशिक गुरुङ र प्रदीप गुरुङ एवं आइजेन जस्ता सेलिब्रेटीहरू पनि उपस्थित थिए ।

लिगको मुख्य प्रायोजन ए स्टार फाइनान्सियल सोलुसन्स यूके र सहप्रायोजन बल ड्रिभन, नेपाल फुड्स, गोर्खा कन्स्ट्रक्सन, हेज नेपाली सेन्टर एवं शिलाज् किचनले गरेका थिए ।

प्रकाशित : असार ११, २०८१ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×