कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सहाना प्रधान स्मृति यू–१९ भलिबल : गण्डकी प्रदेशका दुवै टिम विजयी

काठमाडौँ —  यू–१९ तर्फ सर्वाधिक पुरस्कार रहेको प्रथम सहाना प्रधान स्मृति पुरुष तथा महिला भलिबल प्रतियोगितामा तेस्रो दिन मंगलबार गण्डकीको दुवै टिमले जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगितामा महिलातर्फ गण्डकीले सुदूरपश्चिम प्रदेश टिमलाई ३–१ को सेटमा पराजित गर्‍यो ।

सहाना प्रधान स्मृति यू–१९ भलिबल : गण्डकी प्रदेशका दुवै टिम विजयी

गण्डकीको पहिलो सेट २५–२२ ले गुमाउनुका अलावा त्यसपछिका सेट २५–१४, २५–१०, २५–१६ आफ्नो पक्षमा पारेर खेल जितेको थियो । खेलमा सोनिङ थापा प्लेयर अफ म्याच भइन् । अघिल्लो दिन गण्डकी वाग्मती प्रदेशसँग सोझो सेटमा पराजित भएको थियो ।

गण्डकीको पुरुष टिमले कोशी प्रदेशलाई सोझो सेटमा हराएको थियो । २५–१९, २५–१९, २५–१८ ले गण्डकीले खेल जितेको हो । खेलमा गण्डकीका विश्वास अधिकारी प्लेयर अफ द म्याच चुनिए ।

कोशीले महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । कोशीले मधेश प्रदेशविरुद्ध २५–११, २५–१४, २५–१२ को विजयी नतिजा निकाल्यो । खेलमा कोशीकी सोनिया बस्नेत प्लेयर अफ द म्याच भइन् । अघिल्लो दिन कोशीले कर्णाली प्रदेशलाई २५–२०, २५–१९, २५–१८ को सेटमा हराएको थियो ।

बुधबारै वाग्मती प्रदेशले गण्डकीलाई २५–१२, २५–९, २५–१६ ले सजिलै हराएको थियो । यस खेलमा वाग्मतीकी सलिना बुढा मगर प्लेयर अफ द म्याच भइन् ।

सुदूरपश्चिम प्रदेशले पनि दोस्रो जित पाएको छ । सुदूरले मधेश प्रदेशलाई २५–२१, २७–२५, २५–१८, २५–१३ को सेटमा हराएको थियो । यस खेलमा सुदूरका सुरेश मल्ल प्लेयर अफ द म्याच भए । अघिल्लो दिन सुदूरपश्चिमले कर्णालीलाई पनि ३–१ कै सेटमा हराएको थियो ।

सहाना प्रधान फाउन्डेसनको आयोजनामा हुने भइरहेको प्रतियोगिताको दुवैतर्फका विजेताले समान ३ लाख, दोस्रोले २ लाख र तेस्रोले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यू–१८ भलिबलमा यो सर्वाधिक नगद पुरस्कार राशि हो । प्रतियोगिताको कान्तिपुर म्याक्स टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

प्रकाशित : असार ११, २०८१ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×