कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रास्वपा सांसद खनालको प्रश्न : सदनमा बीआरआईबारे छलफल गराउन सरकार के सोचिरहेको छ ?

काठमाडौँ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले नेपाल र चीनबीच सन् २०१७ मा भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) समझदारी पत्रलाई सदनलाई जानकारी दिने र छलफल गराउने सम्बन्धमा चर्चा गरेका छन् ।

रास्वपा सांसद खनालको प्रश्न : सदनमा बीआरआईबारे छलफल गराउन सरकार के सोचिरहेको छ ?

प्रतिनिधिसभामा मंगलबार रास्वपाका विदेश विभाग प्रमुखसमेत रहेका खनालले भने,‘नेपालले २०१७ मा चीनसँग बीआरआई समझदारी पत्रमा हस्ताक्षर गरेको तर हालसम्म त्यसबारेमा यस सदनमा छलफल नभएको हुँदा यसले अनावश्यक रूपमा बाहिर बढी चर्चा परिचर्चा हुने गरेको छ । जसले गर्दा हाम्रो छिमेकी मित्र राष्ट्रसँग पनि तनाव बढ्न सक्ने देखिन्छ ।’

उनले उक्त सम्झौताबारे औपचारिक जानकारी र छलफल गराउनेबारे सरकारले के सोचिरहेको छ भनेर प्रश्न गरेका हुन् ।

प्रकाशित : असार ११, २०८१ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×