कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसिया कप खुला तेक्वान्दोमा ५ स्वर्ण

काठमाडौँ — नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५ स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकामा सबैले पदक जितेका हुन् ।

एसिया कप खुला तेक्वान्दोमा ५ स्वर्ण

नेपालले १ रजत र १ कांस्य पनि जितेको छ । नेपाली टोलीले ग्यारोगीमा ६ र पुम्सेमा १ पदक जितेको हो ।

पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले स्वर्ण जिते । पुरुष सवजुनियर २३ केजीमुनि संयोग खड्का र क्याडेट महिला ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण जितेका थिए ।

भारतको गोवामा जुन २१ देखि २३ सम्म भएको प्रतियोगिताको सवजुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत र यू–१२ एकल पुम्सेमा आभाष देवले कांस्य जितेका थिए । नेपाली टोली प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा थिए ।


प्रकाशित : असार ११, २०८१ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×