राष्ट्रिय युवा गायन प्रतियोगितामा दिपकराज विजयी

जेष्ठ ३२, २०८१

कान्तिपुर संवाददाता

Deepakraj won the National Youth Singing Competition

काठमाडौँ — राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दिपक राज प्रथम भएका छन् । प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातीले तृतीय स्थान हाासिल गरे ।

राष्ट्रिय युवा परिषद्‌को आयोजनामा भएको प्रतियोगितामा १६ देखि ४० वर्ष उमेर समूहका देशैभरिका ६५ जना युवा प्रतिभाहरुले भाग लिएका थिए । 

उनीहरुमध्ये २१ युवा प्रतिभाहरुलाई छनौट गरी फिजिकल अडिसनमार्फत् विजेता घोषणा गरिएको हो । 

प्रतियोगितामा संगीतकार वी.पी. वाग्ले, लोक गायिका देवी घर्ती मगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाएका थिए ।

सो अवसरमा फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सिनासहित पत्रकारहरु सीबी अधिकारी, सुकृत नेपाल, नविन गिरी, तारा सुवेदी, गंगा बराल र विनिता कुँवर क्षेत्रीलाई कदरपत्रसहित पुरस्कृत गरिएको थियो । 

कान्तिपुर

Link copied successfully