२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अवैध उत्खनन् गर्ने चाइना स्टेट कम्पनीका सवारी साधन नियन्त्रणमा 

नवीन पौडेल

नवलपुर — नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको भन्दै पूर्वी नवलपरासीको कावासोतीबाट प्रहरीले तीन वटा ट्रिपर र एउटा एक्साभेटर नियन्त्रणमा लिएको छ । 

अवैध उत्खनन् गर्ने चाइना स्टेट कम्पनीका सवारी साधन नियन्त्रणमा 

बुटवल-नारायणगढ सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

असार १ गतेबाट ठेक्का लागेका स्थानमा समेत उत्खनन् गर्न पाइदैन । तर चाइना स्टेटले खुलेयाम नदीजन्य पदार्थ चोरी गरिरहेको स्थानीयले गुनासो गरेपछि प्रहरीले सवारी नियन्त्रणमा लिएको हो ।

राजमार्गको पुल नजिकैबाट उत्खनन् गर्दा पुललाई समेत असर पर्ने भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए । नियन्त्रणमा लिएका सवारीलाई प्रहरी चौकी डन्डामा राखिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

जिल्लाका खहरे खोलाहरुमा नदीजन्य पदार्थको अवैध उत्खनन भएपनि स्थानीय तहले नियमन गर्न सकेका छैनन्।

प्रकाशित : असार १, २०८१ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x