२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सरकारमा रास्वपाको सहभागिताबारे समीक्षा गर्ने बेला भइसकेको छ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् । 

सरकारमा रास्वपाको सहभागिताबारे समीक्षा गर्ने बेला भइसकेको छ : खेलकुदमन्त्री श्रेष्ठ

शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए ।

उनले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको बताए । उनले कुनैपनि कुरामा रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसावले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने चेतावनी दिए ।

उनले भने, ’शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्नेकुरा अहिले हामीले अनुभव गरिरहेका छौँ । किनभने अहिले सरकारको नेतृत्व गरिहेको छौँ, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसावले नै चलिरहेको छ । हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौँ । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसावले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिर आउन तयार छ । हामी राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ ।'

उनले सरकारलाई दिएको समर्थनको बारेमा समीक्षा गर्नुपर्ने बेला भइसकेको बताए ।

प्रकाशित : असार १, २०८१ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x