कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

नेपाली क्रिकेटले हिँडेको १ सय १४ वर्षभन्दा लामो यात्रा

काठमाडौँ — यतिबेला नेपाल विश्वकप क्रिकेट मैदानमा छ । तर आजका दिनसम्म आईपुग्न नेपाली क्रिकेटले दशकौं लामो बाटो हिँडिसकेको छ ।

नेपाली क्रिकेटले हिँडेको १ सय १४ वर्षभन्दा लामो यात्रा

१९७० को दशकमा बेलायतबाट पढाई सकेर फर्केका तत्कालीन राणा शासकका सन्तानहरुले नेपालमा मनोरञ्जनका लागि क्रिकेट खेल्न थालेको इतिहास भेटिन्छ ।

२००४ सालमा चन्द्रशम्सेरका छोरा मदनशम्सेरसहितले नेपाल क्रिकेट संघको स्थापना गरेको देखिन्छ । राणा शासनकालमा दरबारिया भाई भारदारहरु दरबार र टुँडिखेलमा क्रिकेट खेल्थे । त्यसैले क्रिकेट दरबारियाहरुको खेलका रुपमा परिचित थियो ।

२०१८ सालमा राष्ट्रिय खेलकूद परिषद् क्रिकेट संघ राष्ट्रिय संघको रुपमा दर्ता भयो । यसको २६ वर्षपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय परिचय पाएको देखिन्छ । २०४४ सालमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सदस्यता प्राप्त गर्‍यो । २०४६ सालमा नेपाल एसियाली क्रिकेट परिषद् (एसीसी) को सदस्य भयो । यी दुवै कदमले नेपालको अन्तराष्ट्रिय क्रिकेट यात्राको बाटो खोलिदियो ।

२०५२ सालमा अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सदस्यता प्राप्त गरेपछि नेपाली क्रिकेट टिमले अन्तराष्ट्रिय खेल खेल्न थाल्यो । २०५२ सालमै नेपाल पहिलोपल्ट मलेसियको क्वालालम्पुरमा सम्पन्न एसीसी ट्रफीमा सहभागी भयो । आधिकारिक रुपमा नेपालले खेलेको यो नै पहिलो अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता थियो ।

२०५५ सालमा नेपालले पहिलोपल्ट अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता एसीसी ट्रफीको आयोजना गर्‍यो । घरेलु मैदानमा आयोजित यो प्रतिगितामा नेपालले एउटै खेल पनि नजितेको तितो अनुभव संगाल्यो । सन् २००० पछिका २४ वर्षमा नेपाली क्रिकेटको विकास तीव्र बनेको देखिन्छ ।

एकपछि अर्को अन्तर्राष्ट्रिय खेलहरु खेल्न पाउने अवसर, स्वदेशभित्रै हुने साना ठूला प्रतियोगिताहरु र जनस्तरमा क्रिकेट प्रतिको क्रेज । यी सबै कारणले नेपाली क्रिकेटले सन् २००० पछि गति लिएको देखिन्छ ।

सन् २००० मा नेपाली यू १९ टोली विश्वकपमा सहभागी भएर आठौं भएको थियो । सन् २००१ मा नेपालले घरेलु मैदानमा विनोद दासको कप्तानीमा एसीसी यू १९ एसिया कप जित्यो । सन् २०२२ मा भने नेपाल एक दिवसीय मान्यता प्राप्त देश बन्यो ।

सन् २००७ मा नेपाल पहिलोपटक ट्वान्टी २० को अन्तराष्ट्रिय क्रिकेटमा सहभागी बन्यो । त्यतिबेला नेपालले कुवेतमा गएर एसीसी ट्वान्टी २० खेलेको थियो । सन् २०११ म नेपाल घरेलु मैदानमा भएको एसीसी ट्वान्टी २० कपको सेमिफाईनलमा पुग्दै पहिलो पटक ट्वान्टी २० विश्वकपमा पुग्न सफल भयो । सन् २०१२ मा नेपालले पहिलो पटक विश्व ट्वान्टी २० छनोटमा प्रतिस्पर्धा गर्दै सातौं स्थानमा रहृयो । सन् २०१८ मा भने नेपालले विश्वकप छनौटको एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाउन सफल भयो

सन् २०२३ मा नेपाल विश्वकप लिग २ मा शीर्ष तीन स्थानभित्र पर्दै नेपाल विश्वकप छनोटमा प्रवेश भयो । सन् २०२३ मै नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा पहिलो पटक छनौटमा पर्‍यो । यही वर्ष एसिया क्षेत्रको फाईनलमा पुग्दै नेपाल दोस्रो पटक ट्वान्टी २० विश्वकपमा पुग्न सफल भयो ।

यसपटकको विश्वकप यात्रामा नेपाली क्रिकेट टोलीले कस्तो प्रर्दशन गर्ला त्यो छिट्टै थाह हुने नै छ । तर स्रोत, साधन र सरकारी प्राथमिकता बेगर पनि नेपाली टोलीले जुन प्रतिस्पर्धाको तहमा आफुलाई पुर्‍याएको छ त्यसको प्रशंसा गर्न भने हिच्किचाउनु पर्ने देखिन्न ।

प्रकाशित : जेष्ठ २९, २०८१ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x