कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

भेरीमा बेपत्ता दुई किशोरको शव फेला

कालिकोट — सुर्खेतको भेरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका कालीकोटका दुई किशोरको शव आइतबार दिउँसो सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।

भेरीमा बेपत्ता दुई किशोरको शव फेला

कालीकोटको सान्नी त्रिवेणी-९ मुम्रा घर भएर पढाईको लागि सुर्खेत झरेका १९ वर्षीय विनोद केसी र १६ वर्षीय भुपेन्द्र केसी भेरीमा पौडी खेल्ने क्रममा शनिवार डुबेर बेपत्ता भएका थिए ।

शनिवार नै प्रहरीले खोजी सुरु गरे पनि नभेटिएपछि आइतवार सशस्त्र प्रहरी बल नं ६ महेश्वरी बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी सहायक निरिक्षक रमेश वहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोर टोलीले आइतवार दिउँसो साढे १२ बजे भुपेन्द्र र १ बजे विनोदको शव ३० फिट गहिराईबाट निकालेको हो ।

उनीहरुको पोष्टमार्टमपछि दाहसंस्कार गरिएको आफन्त अरुण केसीले जानकारी दिए ।


प्रकाशित : असार २, २०८१ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?