नयाँ वर्ष शुभारम्भको यो दिन निराशा बाँड्ने रुचि पटक्कै छैन । प्रधानमन्त्री केपी ओलीले झैं ‘कस्मेटिक’ उपलब्धिका फेहरिस्त पस्कँदै भ्रमभित्रै सयर गरिरहने मन छ । तर, कहालीलाग्दो २०७७ र त्यस्तै छनक लिएर आएको २०७८ देख्दा हाँसो ओठसम्म पुग्दा–नपुग्दै हराउँछ । अन्योल र दिग्दारी बढ्छ । यो बखत आम नेपाली मनोदशा यस्तै छ ।
आफ्नै आङ कन्याएर छारो उडाउने रहर कसलाई पो हुन्छ र ? तर, आज हामी नेपाली पत्रकार जुन अवस्थामा छौं, यहाँनेर छारो उडाएर मात्रै पुग्दैन । शरीरमा पत्र–पत्र परेर बसेको मयल कोतरेर पखाल्न ढिलो भइसकेको छ । पत्रकारको शरीरमा थुप्रिएको यो फोहोर पखाल्न जति ढिलो हुन्छ, यसले त्यति धेरै दुर्गन्ध फैलाउनेछ ।
अहिले विभाजन र विघटनको संघारमा उभिएको नेकपा (एमाले) कुनै बखत मुलुकको ऊर्जाशील राजनीतिक शक्ति मानिन्थ्यो । यो पार्टीको यस्तो परिचय बन्नुका पछाडि यसका हजारौं जुझारु कार्यकर्ता थिए । निरंकुशतन्त्र झेलेर आएको जोसिलो नेतृत्वपंक्ति थियो, जो वैचारिक/राजनीतिक कुरा गथ्र्यो । नेतृत्व पंक्तिमा गुट र तिक्तता नभएको होइन तर त्यो अहिलेजस्तो झाँगिएको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दुई दिनमा गरेका दुईवटा कर्म एक–अर्कामा विरोधाभासी देखिन्छन् । सोमबार उनले पोखरा पुगेर भने, ‘ममाथि शारीरिक हमला नै भयो, कतै ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला ।’
लामा–लामा भाषण गर्नु वाक्पटु प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्यासन’ नै हो । दस महिनापछि सिंहदरबार छिरेका ओलीले सोमबार तीनवर्षे कार्यकालको ‘सफलता’ सुनाउन लामै समय खर्चिए । सवा दुई घण्टामा उनले एकातिर विकासको फेहरिस्त प्रस्तुत गरे भने, अर्कातिर पार्टीभित्रैबाट काम गर्न नदिएको दुखेसो पनि पोखे ।
नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्षद्वयबीच अहिले घनघोर मित्रता देखिएको छ । यी दुई नेता मैत्रीपूर्ण आलिङ्गनमा यसरी बाँधिएका छन्, मानौं सम्बन्ध अटुट हुनेछ । सार्वजनिक मञ्चहरूमै यी दुई नेता एकअर्काको खुलेर प्रशंसा गर्छन्, सामूहिक नेतृत्वको भावना देखाउन पछि पर्दैनन् ।
नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्षद्वयबीच अहिले घनघोर मित्रता देखिएको छ । यी दुई नेता मैत्रीपूर्ण आलिङ्गनमा यसरी बाँधिएका छन्, मानौं सम्बन्ध अटुट हुनेछ । सार्वजनिक मञ्चहरूमै यी दुई नेता एकअर्काको खुलेर प्रशंसा गर्छन्, सामूहिक नेतृत्वको भावना देखाउन पछि पर्दैनन् ।
अन्ततः नेपाली कांग्रेसले लाजगाज टार्न आन्दोलनको घोषणा गरेछ । आफूलाई लोकतन्त्रको बलियो ‘पहरेदार’ ठान्ने कांग्रेसले केपी ओलीको कदमलाई हिचकिचाउँदै ‘अलोकतान्त्रिक र असंवैधानिक’ त भन्यो, तर के उसको आन्दोलनको मुद्दा बिनासर्त संसद् पुनःस्थापना नै हो ? अथवा, आन्दोलनको आवरणमा चुनावी तयारीमा जुटेको हो ? संशय खडा भएको छ ।
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली भन्छन् एक थोक, गर्छन् अर्कै । समकक्षीहरू सबैको गुनासो यही थियो । अहिले उनले जे गरे, त्यो पनि उनले भन्दै आएको भन्दा ठीक उल्टो नै गरे । उनका पुराना अभिव्यक्ति सुन्दा लाग्छ— उनी विधिका पक्षपाती हुन्, पद्धतिका अनुयायी हुन् र ‘तानाशाहीकरण’ का चर्का आलोचक ।