जब जनताले साँच्चिकै सुशासनको अनुभूति गर्छन्, तब मात्रै रविले बालेनलाई बल पास गर्नुको सार्थकता हुन्छ । नत्र आत्मघाती गोलहरूको शृंखला थपिँदै जानेछ ।
रास्वपामा पुराना राजनीतिक दलका कार्यशैली र गलत संस्कारको विरोध गरेर जन्मेको पार्टी हो । तर, यो पार्टीको सबैभन्दा ठूलो विरोधाभास यही छ कि, यसले आफूलाई पुरानाहरूभन्दा कुनै पनि अर्थमा भिन्न देखाउन सकेको छैन ।
इतिहास भइसकेको राजसंस्था पुनः गद्दीमा फर्कने लालसा पालेर बसेको छ । पूर्वराजाका सार्वजनिक उपस्थिति र गतिविधिहरू हेर्दा त्यस्तै लाग्छन् । तीतो यथार्थ के हो भने, नारायणहिटी अब स्मृतिको संग्रहालय हो, भविष्यको गन्तव्य होइन ।
लोकतान्त्रिक शासनमा ज्ञानको अर्थ के हो ? के ‘इगो’, आवेग र हचुवाका भरमा निर्णय लिने क्षमता ‘ज्ञान’ हो ? अथवा परिपक्व निर्णय गर्ने अनि जनसमुदायलाई विश्वास लिएर गरिने कार्यान्वयन ‘ज्ञान’ हो ? कि पुनर्वासको तयारीबिनै सुकुमवासीको उठीबास लगाउने क्रूरता ‘ज्ञान’ हो ?
कांग्रेसमा उमेर मात्रै होइन, ऊर्जा र योग्यताका हिसाबले पनि धेरै नेताहरू असान्दर्भिक भइसकेका छन् । अनुशासन उल्लंघनका आरोपीहरू पनि यहीभित्र छन् । ती सबैथरी प्रवृत्तिको बहिर्गमनको योजना र नीति कांग्रेस नेतृत्वसाग हुनुपर्छ ।
प्रतिपक्षको ओज सिट संख्या होइन, उसले संसद्मा गर्ने बहस र तर्कहरूका आधारमा हुनेछ । मुद्दामा आधारित गुणस्तरीय बहस संसद्मा गर्न सके प्रतिपक्षको पहिचान अझ विश्वसनीय हुनेछ ।
रास्वपासामु सुशासन र ‘सर्भिस डेलिभरी’ चुनौतीका रूपमा त छँदै छन् । उसले लोकतान्त्रिक संस्कार र मूल्य मान्यतालाई कसरी अँगाल्छ, विपक्षीलाई कति ‘स्पेस’ दिन्छ भन्ने प्रश्न पनि महत्त्वपूर्ण हुनेछ ।
बालेन चाहेका नेपाली मतदाताले अब आफ्नै छनौटको परिणाम हेर्नेछन् । त्यो परिणाम आशामुखी नयाँ अध्यायको शुरुवात हुनेछ अथवा निराशाको अर्को चक्र ? त्यो बालेनहरुकै कार्यशैलीले तय गर्नेछ ।
व्यक्तिको करिस्मातिर आकर्षित हुने कि भिजन र योजना भएका स्वप्नद्रष्टा रोज्ने ? प्रियतावादको बाढीमा बहने कि विधिमा विश्वास गर्ने र त्यसलाई संस्थागत गर्ने नेतृत्व चुन्ने ?
परिवर्तनका मुद्दा संस्थागत गर्ने एउटा महत्त्वपूर्ण माध्यम चुनाव हो । यद्यपि, यो चुनाव जेन–जी आन्दोलनपछिको संक्रमणकाल पार लगाउन र यसक्रममा उठेको परिवर्तनका मुद्दा संस्थागत गर्न सक्षम होला ?