कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माण थालिएको भन्दै चाँगुबासी आन्दोलित

भक्तपुर — चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित भएका छन् ।

बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माण थालिएको भन्दै चाँगुबासी आन्दोलित

चाँगुनारायण नगरपालिका वडा नं २ स्थित असल छिमेकी टोलमा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखि सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित भएका हुन् ।

उनीहरुले नक्सामा १२ देखि १५ फिट रहेको खहरे खोला कुलो, खोल्सा मासेर हिम पाइप राख्ने काम गर्दा बस्ती नै डुबानको चपेटामा परेको गुनासो पनि गरेका छन् । यस विषयमा जनप्रतिनिधिहरुलाई ध्यानकर्षण गराउँदा समेत जबरजस्ती रातको समयमा काम गर्ने गरेको आरोप लगाएका छन् ।

खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखी सडक निर्माण भएको बिरोधमा स्थानीय मात्रै नभई जनप्रतिनिधिहरु समेत आन्दोलित भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं २ का वडा सदस्य उमेश प्रधान र महिला सदस्य राधादेवी गैडाले आफूहरुको बिरोधका बाबजुत पनि वडाध्यक्ष सोमप्रसाद प्रधानको एकलौटी निर्णयबाट जबरजस्ती काम भएको आरोप लगाएका छन् ।

नगरपालिका र वडाको योजनाअनुसार तीन वटा उपोभोक्ता समितिमार्फत काम भइरहेको जानकारी गराउँदै नियम विपरित कुनै पनि काममा हस्ताक्षर नगर्ने भनी बिरोध जनाउँदा तथा नगरपालिकाले रोक्न पत्र काट्दा समेत रातको समय काम हुने गरेको गुनासो गरे ।

वडा सदस्यहरुले नियम विपरित भएको कार्य नरोकिए अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत सम्बन्धी निकायमा उजुरी हाल्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित : असार ३, २०८१ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×