कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

वेहर्स्टको चलाखीपूर्ण गोल

नेदरल्यान्ड्स ठूला प्रतियोगितामा पहिलो आठमध्ये सात खेल जित्न सफल 

ह्याम्बर्ग — नेदरल्यान्ड्सले युरो २०२४ को समूह ‘डी’ मा एक गोलले पछाडि रहेको स्थिति उल्टाएर पोल्यान्डलाई आइतबार २–१ ले पराजित गरेको छ । खेलको ८३ औं मिनेटमा वाउट वेहर्स्ट डच टिमका लागि चलाखीपूर्ण निर्णायक गोल गरे । वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेलगत्तै आफ्नो पहिलो ‘टच’ मै उनले गोल गरे । 

वेहर्स्टको चलाखीपूर्ण गोल

पोल्यान्डले एडम बुस्काको गोलमा १६ औं मिनेटमा अग्रता लिएको थियो । उनले कर्नरमा प्राप्त अवसरमा हेड गोल गरे । पहिलो हाफकै २९ औं मिनेटमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । लिभरपुलका कोडी गाक्पोले पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

यो जितसँगै पूर्वच्याम्पियन नेदरल्यान्ड्सले समूहमा सुरुआती अग्रता लिएको छ । डच टिम ठूला आठ प्रतियोगिताको पहिलो खेलमध्ये सातमा विजयी सुरुआत लिएको छ र पोल्यान्डविरुद्धको खेल पनि अपवाद रहेन । दोस्रो हाफको खेल सुरु भएयता खेल नेदरल्यान्ड्सको नियन्त्रणमा रह्यो र रोनाल्ड कोमनको टिमले बढी अवसर सिर्जना गरे ।

खेल सुरु हुनु अगाडि ह्याम्बर्ग सहरमा प्रहरीले एक शंकास्पद व्यक्तिलाई गोली प्रहारको घटना घटेको थियो । त्यसमा ती व्यक्तिको निधन पनि भएको थियो । यसका बावजुत कडा सुरक्षा व्यवस्थाबीच खेल सुरु भएको थियो । पोल्यान्डका लागि टोलीका ठूला स्टार रोबर्ट लेवान्डोस्कीले खेलेनन् । उनी चोटमुक्त हुनेक्रममा छन् ।

प्रकाशित : असार ३, २०८१ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?