कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

बिजुलीको तार सर्ट हुँदा सल्यानमा तीन घर जलेर नष्ट

सल्यान — बिजुलीको तार सर्ट हुँदा दार्मा गाउँपालिका–२ मा पाथीखोलामा एक सहकारी र दुई स्थानीयको घर जलेर नष्ट भएको छ । बिजुलीको तार सर्ट हुँदा रातोतारा कृषि बहुउद्देश्यीय सहकारी संस्थाको पक्की भवन, यज्ञबहादुर नेपाली र विनोद विकको तीनतले घर जलेर नष्ट भएको हो । 

बिजुलीको तार सर्ट हुँदा सल्यानमा तीन घर जलेर नष्ट

सहकारीको पक्की र स्थानीयको टिनले छाएको घर जलेर नष्ट हुँदा ३६ लाख ५० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दार्माका इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहनदेव जोशीले बताए ।

सहकारीको २० लाख र यज्ञबहादुर नेपाली र उनका भाइ विनोद विकको ४५ हजार नगद, घरमा भएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडालगायत १६ लाख ५० हजार रकम बराबरको क्षति भएको उनले जानकारी गराए ।


प्रकाशित : असार २, २०८१ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x