कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी : २० जनाभन्दा बढीको मृत्यु 

काठमाडौँ — दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी हुँदा २० जनाभन्दा बढीको मृत्यु भएको छ । जसमा २३ जना कामदार फसेको बताइएको छ । स्थानीय समयअनुसार  सोमबार बिहान १०:३१ बजे राजधानी सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेङमा रहेको प्राथमिक ब्याट्री प्लान्टमा आगलागी भएको हो ।

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी : २० जनाभन्दा बढीको मृत्यु 

ड्युटीमा खटिएका ६७ जना कामदारमध्ये आगो निभाउन नसकेका कारण २३ जना कामदारको मृत्यु भएको अनुमान गरिएको छ । दिउँसो ३:१० बजे आगो निभाएपछि अग्निनियन्त्रकहरूले कारखान भित्र गएर सम्भावित पीडितको खोजी गरेका थिए । दमकलले १५९ दमकल र ६३ थान उपकरण परिचालन गरे पनि लिथियम ब्याट्रीको आगो निभाउन कठिनाइ भएको बताएका छन्

लगभग ३५ हजार लिथियम ब्याट्रीहरू तीन तले कारखानाको दोस्रो तल्लामा जम्मा २३ सय वर्गमिटर वा सो क्षेत्रफलमा भण्डारण गरिएको अनुमान गरिएको छ । आन्तरिक खोजी कार्यअघि नै हृदयघातको कारण एक जनाको मृत्यु भएको थियो । अन्य दुईजना गम्भीर घाइते भएका छन् भने चारजनालाई धुवाँले निस्सासिएर सामान्य चोटपटक लागेको छ ।

प्रकाशित : असार १०, २०८१ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×