कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आगामी आर्थिक वर्ष विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य छ : मन्त्री बस्नेत

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखिएको बताएका छन् ।

आगामी आर्थिक वर्ष विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य छ : मन्त्री बस्नेत

प्रतिनिधिसभामा सांसदहरूले मन्त्रालयको आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटमाथि उठाएका प्रश्नको सोमबार जवाफ दिँदै मन्त्री बस्नेतले सरकारले आगामी आर्थिक वर्षमा कुल विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखेको बताए ।

आगामी १२ वर्षमा कुल विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्‍याउने लक्ष्य राखिएको पनि मन्त्री बस्नेतको भनाइ थियो । उनले नीजि क्षेत्रलाई विद्युत् व्यापारमा संलग्न गराउन सरकारले कानुनी व्यवस्था गरेको पनि जानकारी दिए ।

‘आगामी १२ वर्षमा कुल विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्‍याउने र सो अनुसारको प्रशारण र वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८० कार्यान्वयनमा लगिएको छ ।

उत्पादन, प्रसारण, निर्माण, वितरण प्रणालीमा सुधार र विस्तार, आन्तरिक खपत वृद्धि, बचत विद्युत् निर्यात व्यापारको एकीकृत रोडम्याप र कार्ययोजना नै हाम्रो ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना हो,' मन्त्री बस्नेतले भने, 'त्यसको लागि आवश्यक थप संस्थागत र अन्य नीतिगत तथा कानूनी सुधारको बारेमा पनि कार्ययोजना समावेश गरिएको छ । त्यो अनुसार १० मेगावाटसम्मका आयोजनाहरुले पीपीए गर्दा प्रक्रियामा रहनु नपर्ने र सिधै पीपीए गर्नसक्ने लगायतका कुराहरू छ ।'

ऊर्जा क्षेत्रमा सार्वजनिक–निजी क्षेत्रको साझेदारीको राज्यको नीतिको व्यवस्थित कार्यान्वयन भइराखेको बताउँदै मन्त्री बस्नेतले भने, 'निजी क्षेत्रको सहभागितालाई अझ वृद्धि गर्नमा पनि थप ध्यान दिइएको छ । आगामी आ.व.मा हाम्रो कुल विद्युत् उत्पादन हाम्रो क्षमता ४५०० मेगावाट पुर्‍याउने हाम्रो लक्ष्य रहेको छ ।’

मन्त्री बस्नेतले सोलारलगायत वायु ऊर्जामा पनि काम गरिराखेको बताए । उनले ८०० मेगावाट सोलार उत्पादनका लागि पीपीएको काम गर्न लागिएको पनि जानकारी दिए ।

प्रकाशित : असार १०, २०८१ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×