कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्राथमिक पुँजी कम भएका बैंकलाई अग्राधिकार सेयर

काठमाडौँ — प्राथमिक पुँजी कोष कम भएकाले दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (प्रपेञ्चुअल नन क्युमलेटिभ प्रिफरेन्स सेयर) जारी गर्न बाटो खुलेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि केही बैंकहरूको प्राथमिक पुँजी कोष निकै कम छ । यसकारण ती बैंकहरूले थप कर्जा प्रवाह गर्न सकेका छैनन् । 

प्राथमिक पुँजी कम भएका बैंकलाई अग्राधिकार सेयर

यस्ता बैंकहरूलाई लक्ष्य गरी राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयरको नयाँ अवधारणा ल्याएको हो । केन्द्रीय बैंकले प्राथमिक पुँजीको सकसमा रहेका बैंकहरूलाई डिवेञ्चर र नाफा भएको वर्ष मात्रै लाभांश दिनुपर्ने प्रकृतिको अग्राधिकार सेयर जारी गर्न दिने भएको हो ।

राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशनमा पुँजी कोषमा दबाब रहेका बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सक्ने उल्लेख छ । राष्ट्र बैंकको निर्देशनमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने सम्बन्धमा विभिन्न १२ वटा मापदण्ड तोकिएको छ । साधारणतया यस्तो अग्राधिकार सेयर सेयरमा परिणत हुँदैनन् । तर बैंक चल्नै नसक्ने अवस्थामा यसलाई सामान्य सेयरमै रूपान्तरण गर्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ ।

कुनै बैंकको जोखिम सम्पत्तिका आधारमा प्राथमिक पुँजी कोष अनुपात ५.१२५ प्रतिशतमा आए यस्तो अग्राधिकार सेयरलाई सेयरकै रूपमा परिवर्तन गर्न पाइने भएको हो । यस्तो अनुपात ५.१२५ प्रतिशतमा पुग्दा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ ।

विमोच्य असञ्चिति अग्राधिकार सेयरलाई अंग्रेजीमा पर्पेचुअल ननक्युमुलेटिभ प्रिफेन्सियल सेयर भनिन्छ । पर्पेचुअलको अर्थ परिपक्व अवधि नतोकिएको भन्ने हो । ननक्युमुलेटिभको अर्थ कुनै वर्ष लाभांश वितरण गरिएको छैन भने पनि सो वर्षको लाभांश भनेर अन्य वर्षहरूमा दिनैपर्छ भन्ने बाध्यता नहुनु भन्ने हुन्छ ।

यस्तो अग्राधिकार सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न सक्ने, लाभांश वितरण गर्दा नाफा नोक्सान बाँडफाँट हिसाबमार्फत चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्ने र यसका लागि सञ्चित मुनाफा खाता एवं कुनै पनि कोष खर्च गर्न नपाइने व्यवस्था गरिएको छ ।

प्रकाशित : असार १४, २०८१ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×