कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सत्ताको खेलले संसद् प्रभावकारी हुन सकेन : उपाध्यक्ष घिमिरे

काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद् प्रभावकारी हुन नसकेको बताएकी छन् । आइतबार संसद् भवनमा ६६ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्‌मा नीति निर्माण भन्दा सत्ताका लागि बढी केन्द्रित हुने कुराले संसदीय गतिविधि प्रभावकारी हुन नसकेको बताइन् ।

सत्ताको खेलले संसद् प्रभावकारी हुन सकेन : उपाध्यक्ष घिमिरे

अग्रजका सल्लाह सुझावबाट संसद्लाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ व्यवस्थित बनाइ जनताका निमित्त ल्याइएको व्यवस्था हो भन्ने देखाउन जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘अग्रजहरुले विभिन्न समयमा भेटेर झक्झक्याउनु भएको छ । हामीलाई भेटेर गर्नुपर्ने सुझाव दिनुभएको छ । ती यहाँहरुका सुझाव भनेका हाम्रो निम्ति उर्जा हुन् । ती उर्जालाई लिएर हामीले संसद्लाई प्रभावकारी बनाउनुपर्छ । जुन व्यवस्था हामीले ल्याएका छौँ, व्यवस्थित गर्न खोजिरहेका छौँ । कहिलेकहीँ व्यवस्थाप्रति पनि गम्भीर आरोप लाग्ने, जनताबाट पनि केही चिन्ताहरु व्यक्त हुने यो कुरा अघि नै पूर्वसभामुखज्युले भनेको जस्तै कहिले कहीँ यो अलि बढी सत्ताको खेलले गर्दा पनि त्यहाँ नगइकन आफ्ना, नीति, कार्यक्रमहरु लागू गर्न सकिँदैन भन्ने तहबाट मात्रै नभएर आफूलाई अलि बढी सत्ता लिप्सामा अगाडि बढाउन खोज्दा पनि त्यस्तो निराशा आएको हो की ? भन्ने कुरा जनतामा छ ।'

उनले यस व्यवस्थालाई जनतासँग जोड्न आवश्यक रहेको बताइन् ।

प्रकाशित : असार १६, २०८१ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×