कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सांसदहरु संसद्‌ बैठकमै निदाउनुहुन्छ : उपसभामुख राना

काठमाडौँ — प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरु निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद् भवनमा ६६ औं संसद् दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताइन् ।

सांसदहरु संसद्‌ बैठकमै निदाउनुहुन्छ : उपसभामुख राना

उनले संसद्‌मा फोटो खिच्न आफूले नपाउने भएपनि संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरु निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन् । उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन् ।

उनले भनिन्, ‘संसद्‌मा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीय ज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाँहि हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई त । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् ।'

उपसभामुख रानाले अहिले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन् ।

प्रकाशित : असार १६, २०८१ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×