कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘विकसित मुलुकले अल्पविकसितको समस्या बुझेनन्’

काठमाडौँ — विश्व व्यापार संगठन (डब्लूटीओ) मा विकसित मुलुकहरूले गरिब र अल्पविकसित मुलुकको समस्या बुझ्न नचाहेको नेपाली टोलीले आरोप लगाएको छ । जेनेभाको विश्व व्यापार संगठनमा जारी व्यापारका लागि सहयोग सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको व्यापार प्राथमिकता शीर्षकको छलफलमा बुधबार निर्णायक र विवादास्पद मुद्दाहरूलाई किनारामै राखेर सहज मुद्दाहरूलाई मात्रै मीठो भाषामा प्रस्तुत गरिएको विज्ञहरूको दाबी छ । 

‘विकसित मुलुकले अल्पविकसितको समस्या बुझेनन्’

तीन दिनदेखि चलिरहेको छलफलमा रुस–युक्रेन युद्धले भत्किएको विश्व आपूर्ति सञ्जाल, विश्वका क्षेत्रीय अर्थतन्त्रका ठूला व्यापार साझेदारहरूबीचको व्यापार युद्ध र गरिब मुलुकहरूले विश्व व्यापारमा प्रतिस्पर्धा गर्न नसक्नुका कारणबारे जेनेभामा पनि छलफल हुन नसक्नु दुःखद पक्ष भएको प्राध्यापक एवं अर्थशास्त्री अच्युत वाग्लेले बताए 

। उक्त सत्रकी एक प्रस्तोता टुलिप कन्सल्टिङकी कोलेट वान्डर भेनले विश्व व्यापार व्यवस्था (वर्ल्ड ट्रेडिङ सिस्टम) प्रति अल्पविकसित र विकासशील मुलुकहरू नकारात्मक प्रतिरक्षात्मक प्रतिक्रियात्मक एवं आक्रोशित भएको अभिव्यक्ति दिएपछि आफ्नो पालोमा अघिल्लो दिनकै सत्रमा बोलिसकेका वाग्लेले थप १० बुँदामा आफ्नो भनाइ राखेका थिए ।


अल्पविकसित र विकासशील राष्ट्रहरूलाई हरित अर्थतन्त्रमा रूपान्तरण हुने भाषण सुनाइएको आरोप पनि वाग्लेले लगाए । ‘तीव्र जलवायु परिवर्तनका कारक विकासशील राष्ट्रहरू होइनन् । विकसित राष्ट्रका नागरिकहरूले जति संख्यामा एयर कन्डिसनर, रेफ्रिजरेटर र पेट्रोलियमबाट चल्ने सवारी प्रयोग गरिरहेका छन्, त्यो जीवनशैलीलाई त्याग्न त्यहाँका नागरिक र सरकार तयार छैनन्,’ उनले भने, ‘त्यसको अत्यन्तै सानो हिस्सा मात्र उपभोग गर्ने अल्पविकसित मुलुकहरू दोषी हुने दृष्टिदोषका बीच सकारात्मकता आउने ठाउँ छैन । हो अल्पविकसित मुलुकहरू यस अर्थमा नकारात्मक छन् ।’ विकसित राष्ट्रहरूको कार्बन उत्सर्जनका प्रमुख उपाय कम गर्ने कुनै असल मनसायसमेत नभएको वाग्लेले बताए ।

प्रकाशित : असार १४, २०८१ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×